जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • उपभोक्ताको सुरक्षामाथि गम्भीर खेलवाडः समस्या देखिएको सेरेस फिर्ता नगर्दा रोकेकै ठाउँमा आगलागी

उपभोक्ताको सुरक्षामाथि गम्भीर खेलवाडः समस्या देखिएको सेरेस फिर्ता नगर्दा रोकेकै ठाउँमा आगलागी

सेरेस ब्राण्डको विद्युतीय गाडी (इभी) मा आगलागी भएको छ । सोमबार बिहान काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलास्थित सर्भिस सेन्टरमा रोकिराखेको सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको हो ।

बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो। उक्त कारमा तार सर्ट भएर आगलागी भएको बताइएको छ । प्रहरी वृत स्वयम्भुका अनुसार सोमबार बिहान करिब ६ बजेको समयमा सेरेस ब्राण्डको विद्युतीय गाडीको विभिन्न भागमा धुँवा निस्किएर आगो लागेको थियो ।

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ । कारमा आगो लागेपछि स्वयम्भु प्रहरीले मुचुल्का उठाएर ल्याएको जनाएको छ । उक्त कारमा मानिस नभएका कारण कुनै मानवीय क्षति भने हुन पाएको छैन ।


कारको अधिकांश भागमा क्षति पुगेको छ । कारको विभिन्न भागबाट एकै पटक धुँवा निस्केको थियो । यो कारमा धेरै पहिलादेखि नै समस्या देखिने गरेको थियो । सेरेस मिनीको स्टेरिङ, ब्रेक र पिकअपमा समस्या देखिदै आएको थियो । यो कारमा समस्या देखिएपछि नेपालमा सुरुदेखि नै ग्राहकले फिर्ता गरेका थिए ।

चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट कार फिर्ता लिएको थियो । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट कार फिर्ता लिएको भनेर ढाँटेको पाइएको छ ।

एमएडब्लू वृद्धि नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्मनी हो । पैसा र शक्तिको आडमा अग्रवालको कम्पनीले हेलचेक्र्याईं गरी उपभोक्ताको सुरक्षा माथि गम्भीर खेलवाड गरेको छ ।

चीनबाटै सेरेस कम्पनीका प्राविधिक नेपाल आएर ती गाडीको प्राविधिक परीक्षण गर्दा गाडीमा समस्या देखेपछि ग्राहकबाट गाडी लिएको हो । तर एमएडब्लू वृद्धिले सबै कार ग्राहकबाट लिएर कम्पनीलाई फिर्ता नगरेपछि आज बिहान एउटा कार राकेर राखेको ठाँयमा आगलागी भएको हो ।

एमएडब्लु वृद्धिले २०८० भदौमा सेरेस मिनी ईभीका ३ भेरियन्ट नेपाल भित्र्याएको थियो । सर्ट रेन्जलाई १३ लाख ९९ हजार, फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँमा बिक्री गरेको थियो ।

उक्त गाडीमा भएको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको थियो । तर, कम्पनीले दाबी गरेको रेञ्ज नदिएपछि ग्राहक रुष्ट थिए ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका