जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • चाडबाड सकिएपछि साल्ट ट्रेडिङले बढायो चिनीको मूल्य, अब किलोको ७७ रुपैयाँ ५० पैसा

चाडबाड सकिएपछि साल्ट ट्रेडिङले बढायो चिनीको मूल्य, अब किलोको ७७ रुपैयाँ ५० पैसा

साल्ट ट्रेडिङ कर्पोरेशनले चाडबाड सकिएपछि चिनीको मूल्य बढाएको छ।

सहुलियत पसल सकिएपछि कर्पोरेसनले किलोमा साढे चार रुपैयाँ बढाएर ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ। कर्पोरेसनका बजार प्रवन्धक प्रज्जवल प्रधानले चाडबाड सकिएपछि चिनीको मूल्य बढाइएको बताए।

‘मंसिर ६ गतेसम्म सहुलियत पसलमा ७३ रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको थियो। वाहिर भन्दा किलोमै २० रुपैयाँ सस्तो बिक्री भएकाले उपभोक्ताको भीड समेत थियो,’ उनले भने, ‘त्यो बेलामा दैनिक ११ सय किलो चिनी बिक्री भएको थियो।’

सहुलियत पसलमा एक जनाले ४ किलो मात्रै किन्न पाउने व्यवस्था थियो। तर अब कर्पोरेसनको आउटलेटबाट प्रति किलो १० देखि १५ किलो सम्म खरीद गर्न सक्ने उनले बताए। भन्सार सहुलियतको चिनी साल्ट ट्रेडिङले दसैं लगतै २० हजार टन ल्याएको छ

9535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?