जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा सोमबार अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विशेष प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

यसका साथै यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यी दुई कम्पनी एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागी मूल्याङ्कनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्सको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी गाभ्ने ÷गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रिय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाडौंमा रहने छ ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?