जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकिङ ठगीबाट जोगिए ओलम्पियन विष्ट

बैंकिङ ठगीबाट जोगिए ओलम्पियन विष्ट

शुक्रबार बिहान ओलम्पियन र राष्ट्रिय खेलकुद परिषद (राखेप)को राष्ट्रिय टिम तयारीको निर्देशक दीपक विष्टलाई एउटा फोन आयो। त्यसमा उनलाई कृषि विकास बैंकबाट कल गरेको भन्दै ‘तपाइँको अनलाइन बैंकिङ अपडेट गर्नुछ’ भन्ने कुरा गरियो।
व्यवसायीसमेत रहेका विष्टले ‘तपाइँ कहाँबाट फोन गरिरहनु भएको छ?’ भनेर प्रश्न दोहोर्‍याउँदा जवाफ आयो- ‘बैंकको हेड अफिसको आईटी विभागबाट।’

त्यति भएपछि विष्टले त्यो फोनमा मागेका जानकारी उपलब्ध गराउन थाले। उनी भन्छन्, ‘मेरो गल्ती यहीँनेर भयो।’
फोनबाटै उनका सूचनाहरु मागिन थालियो। पहिला जन्ममिति, अकाउन्ट नम्बरलगायत। ‘अनलाइन बैंकिङको एप्स खोल्नुहोस् र, यसमा जानुहोस्। सेक्युरिटी कोड आउँछ। त्यो मलाई भन्नुहोस्।’ उनलाई फोनबाट निर्देशन आयो। यहाँबाट भने विष्टलाई केही शंका लाग्यो।

‘त्यसपछि मलाई याद आयो कि सेक्युरिटी कोड त अहिलेसम्म कुनै पनि बैंकले मागेको थिएन। शंका लाग्न थालेपछि मैले हेड अफिसमा सम्पर्क गरेर बुझ्न खोजेँ,’ विष्ट भन्छन्, ‘त्यहाँ मैले गोकुल पनेरु दाईलाई फोन गरेर सबै कुरा भनेँ।’ उनलाई जे शंका लाग्न थालेको थियो, त्यही भइरहेको थियो। उनलाई फोन गर्ने मान्छे बैंकका कर्मचारी थिएनन्, न त फोन बैंकको आइटी डिपार्टबाट गरिएको थियो। आफूलाई बताएको नामको मान्छेबारे उनले सोधे। बैंकबाट जवाफ आयो- ‘त्यो नाम गरेको मानिस यहाँ काम गर्दैन।’

‘यो फेक हो। तुरुन्तै आफ्नो ब्रान्चमा फोन गरेर पैसा रोक्का गर्नुहोस्,’ उनलाई जवाफ आयो। विष्टले आफ्नो खाता भएको रंगशालाको शाखामा फोन गरेर खाता रोक्का गरे। ‘मलाई ठूलो हानि हुनेथियो। यसमा होसियार हुन सबैलाई आग्रह गर्छु। म ठूलो दुर्घटनाबाट जोगिएँ,’ उनले भने। पछिल्ला पाँच वर्षमा यस्तै बैंकिङ कसुरका घटनाहरु ह्वात्तै बढेका छन्। त्यसको ठूलो हिस्सा काठमाडौं उपत्यकामा हुने गरेको छ।

1710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?