जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ग्लोबलले १ अर्ब २० करोडको समुन्नत योजना-२ ल्याउँदै, म्युचुअल फण्ड स्वीकृति लिने चरणमा

ग्लोबलले १ अर्ब २० करोडको समुन्नत योजना-२ ल्याउँदै, म्युचुअल फण्ड स्वीकृति लिने चरणमा

नेपाल धितोपत्र बोर्डको स्वीकृति माग्नेको सूचीमा एक सामुहिक लगानी योजना थपिएको छ। ग्लोबल आईएमई क्यापिटल योजना व्यवस्थापक रहेको म्युचुअल फन्ड बोर्डको पाइपलाइनमा थपिएको हो।

‘ग्लोबल आईएमई समुन्नत योजना -२’ ग्लोबल आईएमइ म्युचुअल फन्ड अन्तर्गत संचालन हुने बन्दमुखी योजना हो।

जसको योजना व्यवस्थापक बिक्री प्रबन्धक क्यापिटलले चैत्र १९ गते बोर्डमा आवेदन दिएको छ।

बोर्डबाट निष्कासनको अन्तीम स्वीकृति पाएपछि यस योजनाले १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ साधारण सेयर सर्वसाधारणमा जारी गर्ने छ।

कम्पनीले प्रति इकाइ १० रुपैयाँका दरले सो म्युचुअल फन्डको निष्कासन तथा बिक्री गर्ने छ।

3650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका