जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • आइजीआई प्रुडेन्सियलको नाफा १९.४९ प्रतिशतले वृद्धि

आइजीआई प्रुडेन्सियलको नाफा १९.४९ प्रतिशतले वृद्धि

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष असोज मसान्तसम्म ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत वर्ष ३ महिनाको तुलनामा खुद नाफा १९.४९ प्रतिशत वृद्धि गरेको हो। इन्स्योरेन्सले पोहोर ३ महिनामा ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी ७.६४ प्रतिशतले वृद्धि भएर ४५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। पोहोर असोजसम्म यस्तो आम्दानी ४२ करोड ६८ लाख रुपैयाँ थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन ०.२३ प्रतिशत घटेर २२ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।

इन्स्योरेन्सको प्रति सेयर आम्दानी ८.०६ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १९०.४९ रुपैयाँ छ। यस्तै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?