जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सको लाभांशमा नेपाल बीमा प्राधिकरणको कैची !

आईएमई लाइफ इन्स्योरेन्सको लाभांशमा नेपाल बीमा प्राधिकरणको कैची !

 आईएमई लाइफ इन्स्योरेन्सको लाभांशमा नेपाल बीमा प्राधिकरणले कैची चलाएको छ । यस अघि कम्पनीले घोषणा गरेको लाभांश संशोधन गर्न निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनपछि कम्पनीले लाभांश घटाएको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट अब चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस सेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका