जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रालि’ काठमाडौं बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईएमबीका ग्राहकले ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।

छुट लिनका लागि एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?