जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंककाे १०.५३ प्रतिशत लाभांश पारित

नेपाल एसबिआई बैंककाे १०.५३ प्रतिशत लाभांश पारित

नेपाल एसबिआई बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश (३ प्रतिशत बोनश सेयर तथा ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

साेमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएकाे सभाले बैंकको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।

सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका