जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • आइएमई लाइफको सीईओ बन्दै पवन खड्का

आइएमई लाइफको सीईओ बन्दै पवन खड्का

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अब छिट्टै प्रमुख कार्यकारी (सीइओ) पाउने भएको छ । गत भदौदेखि रिक्त रहेको कम्पनीको सीइओमा पवन कुमार खड्काको इन्ट्री हुने भएको हो ।

सूर्यज्योति लाइफका सिनियर डेपुटी सीइओ अब आइएमई लाइफको सीइओ बन्ने भएका छन् । अब छिट्टै नै आइएमई लाइफको सीइओको जिम्मेवारी सम्हाल्नेछन् । खड्काले सूर्यज्योति लाइफ संचालक समितिलाई राजिनामासमेत बुझाई सकेका छन् ।

‘अब छिट्टै नै सूर्यज्योतिका सिनियर डेपुटी सीइओ खड्काले आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । उहाँले सूर्यज्योतिको संचालक समितिलाई राजिनामा समेत बुझाइ सक्नु भएको छ’, स्रोतले भन्यो ।

आइएमई लाइफले सीइओ छान्नका लागि सानिमा रिलायन्स लाइफका डेपुटी सीइओ निराजन कँडेल, पूर्व गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र सूर्यज्योतिका खड्काले अन्तर्वार्ता दिएका थिए ।

तर, ती उम्मेदवारमध्ये अन्तिम समयमा खड्काले बाजी मारेका हुन् । सानिमा रिलायन्सका कँडेल र खड्का मुख्य प्रत्यासी देखिएको थियो । तर, अन्तिम समयमा आइएमई लाइफ संचालक समितिले भने खड्कालाई नै सीइओमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले बतायो ।

‘अन्तर्वातामा सहभागि मध्ये सानिमा रिलायन्सका कँडेल र सूर्यज्योतिका सिनियर डेपुटी सीइओ खड्का मुख्य प्रत्यासी देखिएता पनि आइएमई संचालक समितिले भने अन्तिम समयमा खड्कालाई नै सीइओमा नियुक्ति गर्ने निर्णय गरेको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार खड्काले अब छिट्टै नै आइएमई लाइफको सीइओ कार्यभार सम्हाने छन् । यद्यपि, आइएमई संचालक समितिले भने खड्लाई सीइओमा नियुक्ति बारे नेपाल बीमा प्राधिकरणमा जानकारी गराउन बाँकी नै रहेको बताइएको छ ।

उनी जीवन बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर कुशल ढंगले जिम्मेवारी पुरा गरेका छन् । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए गरेका छन् । यसअघि सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि कुशलता पूर्व निर्वाह गरेका छन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा पनि काम गरेका थिए । खड्कासँग बीमासहित जलविद्युत, उत्पादन तथा प्रशोधन, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा डेढ दशकको लामो अनुभव छ ।

हाल आइएमई लाइफको कायममुकायम (कामु) सीइओको जिम्मेवारी डेुपटी सीइओ दिनेश बहादुर अमात्यले सम्हाल्दै आएका छन् । गत भदौ ६ गते आइएमई लाइफका सीइओ कवि फुँयाल आफ्नो चार वर्षे कार्यकाल सकिएपछि डेपुटी सीइओ अमात्यले कामु सीइओ जिम्मेवारी पाएका हुन् ।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका