जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा: अध्यक्षमा पुन: पृथ्वीबहादुर पाण्डे निर्वाचित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा: अध्यक्षमा पुन: पृथ्वीबहादुर पाण्डे निर्वाचित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ औँ वार्षिक साधारणसभा काठमाडौंको राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सम्पन्न गरेको छ। सभापछि भएका निर्वाचनमा संस्थापक समूहतर्फ पृथ्वीबहादुर पाँडे पुनः अध्यक्षमा निर्वाचित भएका छन्, जबकि अन्य सञ्चालकहरु दिपंकर शाक्य, प्रजन्य राजभण्डारी, र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भए।

यस बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। यस समयमा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भएर ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २७२ शाखा र २६६ एटिएम रहेका छन्, जसले ३२ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदैछ। यस बैंकले “बेस्ट बैंक २०२३” को उपाधि पनि प्राप्त गरेको छ।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका