जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोरोना महामारीमा समेत ऋणीलाई १० प्रतिशतको ब्याज १६ प्रतिशत पुर्याएर एनआईसी एशिया बैंकले ठगी गरेको खुलासा !

कोरोना महामारीमा समेत ऋणीलाई १० प्रतिशतको ब्याज १६ प्रतिशत पुर्याएर एनआईसी एशिया बैंकले ठगी गरेको खुलासा !

एनआईसी एशिया बैंकले कोरोना महामारीमा समेत ऋणीलाई चर्को ठगी गरेको खुलेको छ बैंकले १० प्रतिशतको कर्जा ब्याजदर बढाएर १६ प्रतिशत पु¥याएर लुटतत्र मच्चाएको थियो । त्यसबेला भन्दा अब फरक पर्दैन । ऋणीलाई पैसा तिर्न धम्की दिँदै सूचना त्यसबेला एनआईसी एशिया बैंकले प्रकाशन गरेपछि राष्ट्र बैंकले स्पष्टिकरण माग गरेको पत्र आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ ।

कथा यस्तो छ !

कोरोना महामारीले समस्यामा परेका ऋणीमाथि चर्को ब्याज लिएर झन समस्या थोपर्ने एनआईसी एसिया बैंकमाथि नेपाल राष्ट्र बैंकले स्पस्टिकरण सोधेको थियो । अचाक्ली ब्याज बढाएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएपछि राष्ट्र बैंकले एनआईसीसँग जवाफ माग गरेको थियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसीलाई पत्राचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको पत्र हामीसंग सुरक्षीत छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । बेस रेट ६.७७ प्रतिशत रहेको एनआईसीले प्रिमियम दर ८.९३ राखेर १५.७० प्रतिशत पुर्याएको छ ।

एनआईसीको विराटनगर शाखाले ९.९२ प्रतिशतमा ब्याज दिएको भएपनि कोरोना महामारीको समयमै ब्याजदर बढेर १५.७० प्रतिशत पुगेको भन्दै एक ऋणीलाई पत्र काटेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । बेस रेट ६.७७ प्रतिशत रहेको एनआईसीले प्रिमियम दर ८.९३ राखेर १५.७० प्रतिशत पुर्याएको छ । एनआईसीले गत बैशाख १ गतेदेखि लागू हुने गरी भन्दै ९.९२ प्रतिशतमा ब्याज बढाएर १५.७० प्रतिशत पुर्याएको थियो । ऋण दिने बेला ग्राहक तान्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने एनआइसी एशिया बैंक यस अघि पनि ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरेर हडप्दै आएको आरोपमा विवादमा तानिएको थियो । त्यसो त बैंकले अत्यधिक ब्याजदर लिने गरेको गुनासो यस अघि पनि पटक–पटक बाहिर नआएका होइनन् ।

घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिएको बैंकले सवारीकर्जामा पनि करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको थियो । गभर्नर साब हेक्का होस् ।

राष्ट्र बैंकको आँखा छल्न र ग्राहकलाई झुक्याउनका लागि ब्याजदर १० प्रतिशत भन्दा कम कायम गर्ने एनआईसीले ऋण लिएको अर्को महिना नै ब्याजदर बढाउँदै हामीले समाचार दिएका थियो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा सामान्यतया २ प्रतिशत प्रिमियम जोडेर ऋण लगानी गर्दै आएको भएपनि ऋणकै बहानामा लुटतन्त्र मच्चाइरहेको एनआईसीले ९ प्रतिशतसम्म प्रिमियम जोडेको छ । घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिएको बैंकले सवारीकर्जामा पनि करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको थियो । गभर्नर साब हेक्का होस् । राष्ट्र बैंकले त्यसबेला बैंकहरुले बढि लिएको ब्याज फिर्ता गर्न निर्देशन दिएपनि एनआईसी एशिया बैंकले सयौं ऋणीको ब्याज अझै पनि फिर्ता नगरेको भेटिएको छ । गभर्नर साब । के २० वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकले जे गरेपछि छुट छ यसको उत्तर राष्ट्र बैंक नेतृत्वले दिनुपर्दछ की पर्दैन ? सचेत भया ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका