नेपाल बैंकर्स संघले नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नवनियुक्त आवसीय प्रतिनिधि प्रनव गुप्ता र बिदा हुँदै गरेकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेजसँग भेट गरेको छ । बिहीबार आईएमएफका दुई प्रतिनिधिसँग नेपालको अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विषयमा छलफल भएको संघका सुनिल केसीले बताए ।
अध्यक्ष केसीले भने, ‘आईएमएफका दुई प्रतिनिधिसँग संघको कार्यालयमा भेट भएको हो । यो एक किसिमको स्वागत तथा बिदाइ भेट हो ।’