जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • उधारो बीमा नरोकिएको भन्दै समितिको ध्यानाकर्षण

उधारो बीमा नरोकिएको भन्दै समितिको ध्यानाकर्षण

अझै पनि केहि बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी बिक्री गरिरहेको पाइएको भन्दै पुनः ध्यानाकर्षण गराएको छ । आज सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई आन्तरिक सर्कुलर जारी गर्दै यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले केहि समय अगाडि पनि सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई संवोधन गर्दै यस्तो निर्देशन दिइएको थियो । यतिले मात्रै नपुगेर विभिन्न सञ्चार माध्यम मार्फत समितिले उधारोमा बीमा पोलिसी बिक्री नगर्न अनुरोध गर्दै आएको छ ।

यदि कम्पनीहरुले यसरी नै उधारोमा बीमा पोलिसी बिक्री गर्दै जाने हो भने समितिले बाध्य भएर कारबाही गर्ने पौडेलले बताए । बीमा कम्पनीहरुले विगत लामो समयदेखि यस्तो अभ्यास गर्दै आएका छन् । अहिले ठेक्का पट्टाको समय चलिरहेको छ । विभिन्न ठेकेदारहरु सँग मिलेर कम्पनीहरुले उधारोमा पोलिसी बिक्री गर्न सुरु गरिसकेका छन् । बहुवर्षिय ठेक्कामा अहिले नै बीमा गर्नु पर्छ । तथा अन्य विभिन्न किसिमका आयोजनाले पनि अहिले भकाभक बीमा गर्ने सिजन हो तर बीमा कम्पनीहरुले समितिको निर्देशनलाई अटेर गर्दै यस्तो काम भइरहेको पाइएको भन्दै तुरुन्त बन्द गर्न निर्देशन दिएको हो ।

उधारो बीमा पोलिसी जीवन भन्दा पनि निर्जीवन बीमा कम्पनीहरुमा बढि रहेको पाइन्छ । अझै कतिपय बीमितहरुलाई बीमा कम्पनीहरुले उधारोमा पोलिसी बिक्री गर्छ भन्ने मनोविज्ञानले पनि समस्या सिर्जना भएको हो ।

समितिले आझै एउटा सर्कुलर जारी गर्दै सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई तोकिएको दर भन्दा कममा बीमा नगर्न निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धाका कारण एउटा कम्पनीले गरिएको बीमा खोस्न अर्कोले सस्तो दरमा बीमा गर्ने प्रचलन बढिरहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले यहि साउनमा नयाँ नयाँ क्लाइन्ट खोज्ने क्रममा यस्ता हर्कत गर्ने गरेका हुन् । ट्यारिफ भन्दा पनि कममा बीमा गर्दा बीमा कम्पनीले पुर्ण रुपमा पुनर्बीमा गर्न सक्दैन । यसले गर्दा भोलिका दिनमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सक्दैनन् । अर्को तर्फ सस्तोमा पोलिसी बिक्री गर्दा कम्पनीले मुनाफा आर्जन गर्न सक्दैन । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले बीमा गरेर भन्दा पनि बीमा कोषमा भएको ठुलो रकम विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट आर्जन हुने पैसाबाटै नाफा देखाउन ट्रेण्ड बढेको छ । यसले गर्दा उनिहरुले ट्यारिफ भन्दा पनि बीमा शुल्क र बीमा पोलिसी धेरै देखाउन पनि यस्तो हर्कत गर्दै आएका छन् ।

यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा भित्रिएको भन्दै बीमा समितिले यस्तो कार्य नगर्न र गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका