जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • गरिमा रोड रेश कम्पिटिसन’ को आयोजना गर्दै गरिमा

गरिमा रोड रेश कम्पिटिसन’ को आयोजना गर्दै गरिमा

गरिमा बिकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेश कम्पिटिसन -२०८१’ को आयोजना गर्ने भएको छ। खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको सडक दौड प्रतियोगिता आयोजना हुने बैंकले जनाएको छ।

बैंककाअनुसार दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटरको दौडमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर कर्पोरेट तर्फको दौडमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।

गरिमा रोड रेश कम्पिटिसन -२०८१’ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००, रु. ६०,०००, रु. ४५,०००, रु. ३०,००० र रु. १५,००० नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन।

निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा नाम दर्ता प्रक्रिया बन्द गर्न सकिने बैंकले जनाएको छ। साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने योजना रहेको बैंकले जनाएको छ।

बैकले यहि मङ्सिर ७ गते आफ्नो १८औं वार्षिकोत्सव मनाउन गईरहेको छ। सो अवसरमा काठमाण्डौंमा गरिमा रोड रेश कम्पिटिसन -२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गरिने बैंकले जनाएको छ।

विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको गरिमाले जनाएको छ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका