जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ। कोष र लघुवित्तबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने सम्झौता भएको हो। कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले मंगलबार एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार ऋणीको मृत्यु भएमा वा व्यावसाय विफल भएमा कोषबाट सुविधा पाइनेछ। कार्यक्रममा कोषका प्रबन्धकहरु र लघुवित्तका विभागीय प्रमुखको उपस्थिति थियो।

लघुवित्तले १२१ वटा शाखा कार्यालयमार्फत करिब १ लाख ५१ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ। हाल लघुवित्तमा ६० हजारभन्दा बढी ऋणी सदस्य छन्। ती ऋणीमार्फत लघुवित्तले ९ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका