जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर

प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर
 प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्र पत्रमा हस्ताक्षर गरेका छन् । आज दिउसो सम्पन्न एक विशेष कार्यक्रममा  प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र  अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संचालक चिरन्जीबी द्वाले  सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनी विचमा भएको संझौता अनुसार प्रभु र अजोड विच एक बराबर ०.७० रुपैयाँको स्वाप रेसियोमा सहमति भएको छ । मर्जर पछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ । मर्जर पछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोडका आजाद श्रेष्ठ रहनेछन् ।

मर्जर पछिको सञ्चालक तर्फ प्रभुका चार जना र अजोडका तीन जना सञ्चालक रहने सहमति भएको छ । बाँकी दुई सञ्चालकलाई भने सल्लाहकारको रुपमा राख्ने सहमति गरिएको छ । हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । अजोडको भने एक अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीहरु विचमा भएको सहमति अनुसारको स्वाप रेसियो पछि अजोडको ७० करोड रुपैयाँ प्रभु इन्स्योरेन्सको चुक्ता पूँजीमा जोडिनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । मर्जर पछि कम्पनीले बोनस शेयर र केहि हकप्रद शेयर निष्काशन गरेर बीमा समितिले तोकेको पूँजी जुटाउन सक्ने छन् ।

दोस्रो बजारको शेयर मूल्य अनुसार अजोड इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई चरम घाटा हुने भएको छ । हाल प्रभुको शेयर मूल्य ४२८ रुपैयाँ र अजोडको ४४८ रुपैयाँ रहेको छ ।  स्वाप

2980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका