जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। झुटो विवरण पेस गरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारले ठहर गरेको छ। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सिलवाल निलम्बनमा परेका छन्। कुनै पनि सरकारी सेवा कार्यरत अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा स्वतः निलम्बन पर्ने कानुनी व्यवस्था छ।

सिलवाल निलम्बनमा परेसँगै बीमा प्राधिकरण नेतृत्वविहीन बन्न पुगेको छ। प्राधिकरण रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्ति भइनसकेको अवस्थामा अब प्राधिकरणको कामकाज ठप्प हुने देखिएको छ।

1575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका