जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले महाकाली प्रादेशिक अस्पताललाई दियो वाटर चिलर

माछापुच्छ्रे बैंकले महाकाली प्रादेशिक अस्पताललाई दियो वाटर चिलर

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी अस्पताल महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ ।

गर्मीको चाप र पिउने पानीको अभावलाई ध्यानमा राख्दै बैंकले अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र, धनगढीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले संयुक्त रूपमा वाटर चिलर महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टलाई हस्तान्तरण गरे ।

अस्पतालमा दैनिक सयौं बिरामीको आवागमन हुने भए पनि पिउने स्वच्छ पानीको पर्याप्त व्यवस्था नहुँदा समस्या भइरहेको जानकारी पाएपछि बैंकले उक्त सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ ।

यस सहयोगबाट अस्पताल सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका