जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एफवान सफ्ट ग्रुप द्वारा ‘फोनपोईन्ट्स’ नामक नयाँ कम्पनीको सुरुवात

एफवान सफ्ट ग्रुप द्वारा ‘फोनपोईन्ट्स’ नामक नयाँ कम्पनीको सुरुवात

नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले “फोनपोईन्ट्स” नामक कम्पनी खोलेको छ। पुष २५ देखि आधिकारिक रूपमा सो कम्पनी संचालनमा आएको छ।

एफवान सफ्टका अनुसार फोनपोईन्ट्सको उद्देश्य नेपालको “रिवाड्स” र “लोयल्टी प्रोगाम” मार्केटमा नयाँ आयाम थप्नु रहेको छ। फोनपोईन्ट्स, लोयल्टी पोइन्टको “रिडेम्पसन” सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म रहेको एफवान सफ्टले जनाएको छ।

एफवान सफ्टका अनुसार फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरुको लागि एक लोयल्टि प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो। फोनपोईन्ट्स द्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी , सो पोईन्ट्सहरु बाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको एफवान सफ्टले जनाएको छ।

कम्पनीको शुरुवातको बारेमा बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने ‘”हामी फोनपोईन्ट्स को आधिकारिक सुरुवातको घोषणा गर्न पाउँदा निकै खुसी छौँ ! हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो र साथै ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो।फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई; यो बिजनेसेसहरूलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो” ।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका