जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेको इन्स्योरेन्सले पुर्‍याउने भयो चुक्ता पुँजी

नेको इन्स्योरेन्सले पुर्‍याउने भयो चुक्ता पुँजी

नेको इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ। सेबोनले इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर जारी गर्न पुस ९ गते अनुमति दिएको हो।

सेबोनबाट अनुमति पाएसँगै इन्स्योरेन्सले अब ५० लाख ३० हजार ९३१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासनका लागि इन्स्योरेन्सले यसअघि नै सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्नेछ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो।

त्यही कारण नेको इन्स्योरेन्सले हकप्रद सेयरबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ पुँजी थप्न लागेको हो। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका