जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • एक महिनामै निर्जीवन बीमा कम्पनीहरूले उठाए तीन अर्ब शुल्क

एक महिनामै निर्जीवन बीमा कम्पनीहरूले उठाए तीन अर्ब शुल्क

नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै तीन अब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । गएको मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरूले तीन अर्ब ८ करोड ५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । उक्त बीमा शुल्क दुई लाख ४० हजार ३४१ वटा बीमालेख बिक्री गरेर संकलन भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार गएको मंसिर महिनामा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १७ हजार ४१७ वटा बीमालेख बिक्री गरेर १५ करोड ७८ लाख बीमा शुल्क संकलन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८२ लाख बीमा शुल्क संकलन गर्दा राष्ट्रिय बीमा कम्पनीले ५ करोड ६१ लाख संकलन गरेको छ ।

यस महिना नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ करोड ३१ लाख, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ करोड १० लाख, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ करोड ९३ लाख र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ८६ लाख बीमाशुल्क संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ करोड १० लाख रुपैयाँ शुल्क संकलन गरेको छ । यसका साथै सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ करोड ८१ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड ५९ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गएको मंसिर महिनामा आइजिआइ प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ हजार ८९१ वटा बीमालेख बिक्री गरेर ३२ करोड ३ लाख बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ५३ लाख बीमा शुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका