जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समिक्षा आइतवार सम्पन्न भएको छ । बैंकका शाखाहरु मध्ये दोस्रो शाखाका रुपमा स्थापित बागलुङ शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड २५ लाख रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ ।

साविक धौलागिरी क्षेत्रका २ सय ९३ वटा सहकारी संघ संस्थाहरु शेयर सदस्य रहेको बैंकको शाखामा १० करोड १६ लाख शेयर पूँजि, १ अर्ब ४६ करोड निक्षेप र १८ करोड कर्जा लगानी रहेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।
सहकारी संघ संस्थाहरु मात्रै सदस्य रहने र सहकारी ऐन अनुसार सदस्यहरुसंग मात्रै कारोबार गर्ने प्रावधान अनुसार यस क्षेत्रका सबै सहकारीहरुको कारोबार सहकारी बैंकमा ल्याउने योजनाका साथ शाखाले काम गरेको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो ।

सहकारी बैंकले आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, सहकारी संघ संस्थाहरुको स्तरीकरण लगायत सहकारी प्रवद्र्धनका विभिन्न क्षेत्रमा काम गर्दै आएको त्रिपाठीले जानकारी दिनुभयो ।
छलफल कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकमा शेयर खरिद गर्न, शेयर थप गर्न र सबै कारोबार सहकारी बैंकमै गर्न आव्हान गर्नु भएको थियो ।

सो अवसरमा बैंकमा १ करोड भन्दा बढी शेयर खरिद गर्ने ४ वटा सहकारी संस्थालाई सम्मान गरिएको थियो ।
राष्ट्रिय सहकारी बैंकमा बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड ५५ लाख, सिवाइसी वचत तथा ऋण सहकारी संस्थाले २ करोड १० लाख, आदर्श सञ्चार सहकारी संस्थाले १ करोड ५० लाख र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड रुपैयाको शेयर खरिद गरेका छन् ।

सहकारी बैंकमा शेयर खरिद गरेर बैंकको प्रवद्र्धनमा सहयोग गरेको भन्दै बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारी, सिवाइसी साकोसको अध्यक्ष चण्डीप्रसाद शर्मा, आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार) लाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र नेपाल सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी केसी जिसीले सम्मान गर्नु भएको थियो ।

सहकारी अभियानलाई व्यवस्थित गर्दै आर्थिक सामाजिक रुपान्तरणमा योगदान गर्नका लागि सबै सहकारीहरुले आफ्नो बैंकमै कारोबार गर्नु पर्नेमा संघीय सांसद मनकुमारी केसीले जोड दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य नरबहादुर थापा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, कोअपरेटिम म्यानेजर्स क्लव (सिएमसी) बागलुङका अध्यक्ष दिपक राजभण्डारी लगायतले सहकारी बैंकको शाखाले गत वर्षमा उत्कृष्ट कारोबार गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिन थप समन्वय र सहकार्यका साथ अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका