होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सीईओ निरजविक्रम शाह भागेर भारत पुगे

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सीईओ निरजविक्रम शाह भागेर भारत पुगे

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकका सीईओ भागेर भारत पुगेका छन् । बैंकका सीईओ निरजविक्रम शाह राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएसँगै भागेर भारत पुगेका हुन् ।केन्द्रीय बैंकले पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापनको नियन्त्रणमा लिदै तीन सदस्यीय टिम पठाएको थियो । बैंकमा भएको निक्षेप अपचलनमा पक्राउ पर्ने डलरले सीईओ शाहा भारत भागेको आशंका गरिएको छ ।

राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनअनुसार कर्णाली डेभलपमेन्ट बैंकभित्र १ अर्ब २६ करोड रुपैयाँ निक्षेप अपचलन भएको देखिएको छ ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरिवेक्षण विभागकै उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहसहित तीन सदस्यीय समितिलाई कर्णाली डेभलपमेन्ट बैंकमा पठाएको थियो ।सो समितिले छानविनको क्रममा पूर्व अध्यक्ष तथा सीईओ राजेन्द्र वीर राय, पूर्व सीईओ दिनेश कुमार रावत, पूर्व वित्त प्रमुख वेद प्रकाश सिंह ठकुरी र हालका सीईओ तथा तत्कालिन वित्त विभाग प्रमुख निरज बिक्रम शाहको मुख्य संलग्नता भेटिएको जनाएको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका