जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निक्षेपमा कृषि विकास र कर्जामा स्ट्यान्डर्ड चार्टर्ड पहिलो

निक्षेपमा कृषि विकास र कर्जामा स्ट्यान्डर्ड चार्टर्ड पहिलो

निषेधाज्ञाबीच नै वाणिज्य बैंकहरुले अर्बौ रुपैयाँले व्यवसाय वृद्धि गरेका छन् । सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यसबीच अर्थात् बैशाख मसान्तदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले निक्षेप ३५ अर्ब ५७ करोड रुपैयाँ र ३५ अर्ब ५९ करोड रुपैयाँ कर्जा थप गरेका हुन् ।

वाणिज्य बैंकहरुको छता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार गत बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब १० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ०.९० प्रतिशतले र कर्जा ०.९९ प्रतिशतले थप भएको छ । संघको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुले एक महिानाको अवधिमा संकलन गरेको निक्षेप र प्रवाह गरको कर्जाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा निक्षेपतर्फ कृषि विकास बैंक र कर्जातर्फ स्ट्याण्र्डड चार्टर्ड बैंकको धेरै छ । साथै, सो अवधिमा निक्षेपतर्m दोस्रोमा स्ट्याण्र्डड चार्टर्ड बैंकको र कजाृतर्फ दोस्रो एभरेष्ट बैंक रहेको छ ।

यस्तै, सो अवधिमा ६ वटा बैंकको निक्षेप र ४ वटा बैंकको कर्जा प्रवाह घटेको छ । एक महिनाको अवधिमा प्रभु र एनआइसी एशिया बैंकको कर्जा र निक्षेप दुवै घटेको छ । भने एभरेष्ट, सनराइनज, एनएमबी र नेपाल बैंकको निक्षेप र नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको कर्जा घटेको छ ।

एक महिनामा कुन बैंकको कस्तोे व्यवसायिक प्रगति ?

कृषि विकास बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.९४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४८ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.०५ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४७ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.७६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ८७ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ३.६२ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ६७ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबीआइ बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.५१ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.४६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.२९ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ८१ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । तर, बैंकको बैशाख मसान्तसम्म प्रवाहित कर्जा भने ०.६५ प्रतिशतले घटेर जेठ मसान्तमा ६८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.४४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा २.०७ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.३२ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा २ खर्ब २१ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा २.३९ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.२४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३१अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.७५ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.२१ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.९४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ९८ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा २.१६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.१७ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब २२ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा १.९५ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४१ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.१७ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब २२ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा १.६९ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा २ खर्ब ५० अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.३८ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ८६ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा १.४६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.८२ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३७ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा १.४४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.०९ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३८ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.९१ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ४१ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.५५ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.७७ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ८८ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा ०.४६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ८३ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमइ बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.४१ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा १.२६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा २ खर्ब २४ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.०४ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ । तर, बैंकको बैशाख मसान्तसम्म प्रवाहित कर्जामा भने, ०.७३ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ ।

एनसीसी बैंकः बैंकले गत बैशाख मसान्तसम्म १ खर्ब ४७ करोड रुपैयाँ संकलन गरेकोमा जेठ मसान्तसम्म कुनै परिवर्तन देखिन्दैन । तर बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा भने ०.६६ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा ९४ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.०६ प्रतिशतले घटाएर जेठ मसान्तमा १ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँमा सीमित गरेको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा समेत ०.०९ प्रतिशतले घटाएर १ खर्ब ४२ अर्ब ९४ करोड रुपैयाँ सीमित गरेको छ ।

एनआइसी एशिया बैंकः बैंकले गत बैशाख मसान्तसम्म संकलन गरेको निक्षेपमा ०.१५ प्रतिशतले घटाएर जेठ मसान्तमा ३ खर्ब ३ अर्ब ९० करोड रुपैयाँमा सीमित गरेको छ । साथै, बैंकले बैशाख मसान्तसम्म प्रवाहित कर्जामा समेत ०.०६ प्रतिशतले घटाएर २ खर्ब ६६ अर्ब ७६ करोड रुपैयाँ सीमित गरेको छ ।

एभरेष्ट बैंकः बैंकले गत बैशाख मसान्तमा संकलन गरेको निक्षेपमा ०.९० प्रतिशले घटेर जेठ मसान्तमा १ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ । तर, बैंकले बैशाखमसान्तमा प्रवाहित कर्जामा भने २.५३ प्रतिशतले थप गरी १ खर्ब ३१ अर्ब ७५ करोड रुपैयाँ कायम गरेको छ ।

सनराइज बैंकः बैंकले गत बैशाख मसान्तमा संकलन गरेको निक्षेपमा १.०६ प्रतिशले घटेर जेठ मसान्तमा १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । तर, बैंकले बैशाखमसान्तमा प्रवाहित कर्जामा भने १.५६ प्रतिशतले थप गरी ९९ अर्ब ३६ करोड रुपैयाँ कायम गरेको छ ।

एनएमबी बैंकः बैंकले गत बैशाख मसान्तमा संकलन गरेको निक्षेपमा १.२८ प्रतिशले घटेर जेठ मसान्तमा १ खर्ब ५७ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ । तर, बैंकले बैशाखमसान्तमा प्रवाहित कर्जामा भने १.४६ प्रतिशतले थप गरी १ खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँ कायम गरेको छ ।

नेपाल बैंकः बैंकले गत बैशाख मसान्तमा संकलन गरेको निक्षेपमा २.२३ प्रतिशले घटेर जेठ मसान्तमा १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । तर, बैंकले बैशाखमसान्तमा प्रवाहित कर्जामा भने १.०९ प्रतिशतले थप गरी १ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ कायम गरेको छ ।

6775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?