जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुमारी बैंकको खुद नाफा साढे ७८ प्रतिशतले बढ्यो

कुमारी बैंकको खुद नाफा साढे ७८ प्रतिशतले बढ्यो

कुमारी बैंकले साढे ७८ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ ।

बैंकले गत आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ७८.५७ प्रतिशत अर्थात् ७९ करोड रुपैयाँ थप गरी १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्दै सो अवधिमा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।यसैगरी बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ९.५६ प्रतिशतले र कर्जा प्रवाहतर्फ

१६.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो ।

साथै, बैंकको सञ्चालन आम्दानी समेत ५२.९८ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ३ अर्ब २८ करोड ८६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी सो अवधिमा बैंकको खराव कर्जा ०.११ प्रतिशतले थप भइ १.०९ प्रतिशत पुगेको छ । चालु आवको चैत मसान्तसम्म बैकको बेसरेट ७.६३ प्रतिशत स्प्रेडरेट ३.१९ प्रतिशत, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा, प्रतिसेयर मूल्य ३ सय ३८ रुपैयाँ र पुँजी कोष अनुपात १३.९८ प्रतिशत रहेको छ ।

3850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका