जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • सिबिफिनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नबिलका पौड्याल निर्विरोध हुँदा अरु कुन पदमा को ? 

सिबिफिनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नबिलका पौड्याल निर्विरोध हुँदा अरु कुन पदमा को ? 


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल निर्विरोध भएका छन् । आज काठमाडौंमा भएको सिबिफिनको पाँचौ वार्षिक साधारणसभाबाट पौड्याल पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

त्यस्तै सचिवमा बाहेक अन्य पदमा निर्विरोध चयन भएका छन्। सचिवमा भएको निर्वाचनमा साइन रेसुङ्गाका अध्यक्षथानेश्वर पौडेल निर्वाचित भएका छन्। पौडेलले एक्सेलका महेन्द्र गोयललाई ९ मत अन्तरले पराजित गरेका हुन्।

वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय दोहोरिएका छन् भने उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली चयन भएका छन् । त्यस्तै, महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् । सदस्यहरुमा राजाराम खड्का, डा बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सिबिफिनको निर्वाचित समितिको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता सुवास पाठक थिए भने निर्वाचन अधिकृतमा विनय रिमाल थिए।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?