जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • घटस्थापना देखि टिकाको दिनसम्म छैन कुनै पनि एयरलाईन्समा टिकटः सस्तोमा ५ हजार भरतपुर महंगोमा, धनगढी १४ हजारको टिकटः कहाँ छ सरकार ?

घटस्थापना देखि टिकाको दिनसम्म छैन कुनै पनि एयरलाईन्समा टिकटः सस्तोमा ५ हजार भरतपुर महंगोमा, धनगढी १४ हजारको टिकटः कहाँ छ सरकार ?

अबको १ महिनापछि नेपालीहरुको महान चाड दशैं र तिहारको आगमन हुँदैछ तर, राजधानीबाट आ–आफ्नो गाउँघर भनौ वा गन्तव्य जाने कुनै पनि एयरलाईन्सका टिकट छैनन् भन्दा अब चाहि फरक पर्दैन । भनिन्छ घटस्थापनाका दिन देखि टिकाको दिनसम्मका जाने र फर्कर्ने दशैंकको अन्तिम दिनसम्मका कुनै पनि एयरलाईन्सका सबै टिकट बुकिङ्ग भई सकेको खुलेको छ । तर हवाई उडानका टिकट इतिहासकै महंगो भएका छन् भन्दा फरक पर्दैन ।

सबैभन्दा कम मूल्य चितवनको टिकट करिब ५ हजार छ भने सबै भन्दा महंगो टिकट धनगढीको १४ हजार भन्दा बढिको छ । तर, सरकार किन बोल्दैन यसको खोजी जरुरी देखिन्छ भनिन्छ, मोबाइल वालेट, एयरलाइन्सका एप र बैंकका एपबाट सोझै खरिद गर्न सहज भएपछि धमाधम अग्रिम बुकिङ भएको कम्पनीहरुले जनाएका छन् । सामान्यता निर्धारण हुँदै आएको दरका तुलनामा यसपटक भाडा पनि महँगो छ । वायुसेवा कम्पनीहरुले यात्रुलाई भाडामा बढी फाइदा हुने सहुलियत अफर ल्याएका छैनन् । भन्दा अब फरक पर्दैन ।

यात्रुले मोबाइल एपबाटै आफूलाई चाहिने दिन र एयरलाइन्सको टिकट काट्न थालेपछि ट्राभल एजेन्सीहरु त अझ चुपचाप छन् । यतिखेर काटमाडौंबाट नेपालगञ्जतर्फको एकतर्फी सुरुवाती भाडादर नै १० हजार २ सय ५ रुपैयाँ निर्धारण भएको छ । इ–सेवामा आउँदो असोज १६ गतेका लागि तयार गरिएको भाडादर तालिकामा उल्लेख गरिए अनुसार कतिपय गन्तव्यमा शतप्रतिशतले भाडादर वृद्धि भएको छ भन्दा फरक पर्दैन । यो समय एकतर्फीमात्र उडान अकुपेन्सी कायम हुने भएका कारण तुलनात्मक रुपमा भाडादर चर्को भएको हो भन्दा फरक पर्दैन । नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सिलिङमै रहेर भाडादर निर्धारण हुँदै आएको छ ।

अर्को कुरा भनेको यो समय काठमाडौंबाट एकतर्फी अकुपेन्सीमात्र कायम हुँदै आएको छ । एकतर्फी लोड हुँदा भाडा थोरै बढेको भेटिएको छ । नेपालका एयसलाईन्सहरुको चाडबाडमा बर्सेनि यसैगरी भाडा बढ्ने नियम जस्तै भईसहेको छ । यतिखेर दसैंका लागि तुम्लिङटारतर्फका लागि टिकट नै छैन । हाल यो गन्तव्यमा बुद्ध र गुणले दैनिक एक–एक वटा उडान गर्दै आएको देखिन्छ । हाल मुलुकमा बुद्ध, यती, श्री, सौर्य, गुण, सीता, तारा, समीट लगायत विभिन्न वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) दसैंको हवाई यात्रा व्यवस्थापनबारे अझै बोलेको छैन । हेक्का होस् । बुकिङ गर्न खोजेर पनि दसैंका लागि सस्तो दरका टिकट नपाएका यात्रुहरुले वायुसेवा र ट्राभल एजेन्सीबीच मिलेमत्तोको गरेको भेटिएको छ । कहाँ छ सरकार ?

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका