होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
मङ्लबार, पुस २३, २०८१
मङ्लबार, पुस २३, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको तलब भत्ता १ करोड बढी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको तलब भत्ता १ करोड बढी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । बैंकले सीईओ प्रकाश पौडेललाई तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले उपदान वापत ४ लाख भुक्तानी गरेको जनाएको छ । सीईओले पाएको तलब बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।

बैंकले गत आवमा सञ्चालक लगायतलाई विभिन्न भत्ता बापत २५ लाख ६२ हजार ४३० रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र अन्य सदस्यलाई प्रति बैठक ९ हजार भुक्तानी दिएको जनाएको छ ।

आव २०८०/०८१ मा सञ्चालक समिति बैठक भत्ता ११ लाख २५ हजार, लेखापरीक्षण समितिको बैठक भत्ता १ लाख १७ हजार, जोखिम व्यवस्थापन समितिको बैठक भत्ता १ लाख ८ हजार, कर्मचारी सेवा सुबिधा समितिको बैठक भत्ता २७ हजार र सम्पत्ती शुद्धीकरण निवारण समितिको बैठक भत्ता बापत ६३ हजार सहित १४ लाख ४० हजार रुपैयाँ भत्ता भुक्तानी गरेको छ । यस्तै यातायात, सञ्चालक शिक्षा तथा अन्य खर्च (उप-समिति बैठक खर्च समेत) वापत ११ लाख २२ हजार ४३० रुपैयाँ रहेको छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका