जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विभेदकारी सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंकका कर्मचारी विरोधमा

विभेदकारी सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंकका कर्मचारी विरोधमा

एनआइसी एशिया बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्धता नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । बैंक कर्मचारी युनियनले कोषको ऐन संसोधनको माग गर्दै प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा कालो ब्यानर प्रदर्शन गरेका हुन् ।

कोषको विभेदकारी बुँदाहरु संसोधन नगरेसम्म बैंकका कर्मचारी कोषमा आवद्धत नहुने भएकाले असन्तुष्टिका जनाइएका बुँदा संसोधन गर्न उनीहरुले कोषलाई माग गरेका छन् ।

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न माग गरेका थिए ।

कोषको योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवस्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा कटिबद्ध रहेको संघका अध्यक्ष सुमन थापाले बताए ।

‘सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागी यो योजनाले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको हो,’ बैंक कर्मचारी युनियन अध्यक्ष थापाले भने, ‘ एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने होइन तर यथावस्थामा जुन विभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौं र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौं ।’

कर्मचारीको माग पुरा गरी न्यायोचित ढङ्गबाट कोषको कार्यविधि परिमार्जन नगरेसम्म दबाब निरन्तर राख्ने उनले बताए ।

7470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका