जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको लाभांश पारित

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आज बसेको सभाले पारित गरेको छ । सभाले बोनस सेयर पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । आव २०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ । गत आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका