जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ

५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ

प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका  प्रवक्ता एवम्  प्रहरी उपरीक्षक  रबिन्द्र रेग्मीले जानकारी दिए ।

उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका