जोडिनुहोस
बिहिबार, माघ ३, २०८१
बिहिबार, माघ ३, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकका सञ्चालकलाई आइफोन १६ उपहार ?

राष्ट्र बैंकका सञ्चालकलाई आइफोन १६ उपहार ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा सकिने छ । २०७६ साल चैत २४ गते मन्त्रिपरिषद्को बैठकले अधिकारीको ५ वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गभर्नरमा नियुक्त भएका अधिकारीले शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएको बेला निलम्बनसमेत हुन पुगे ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको आधारमा पुनर्बहाली भएका गभर्नर अधिकारी खास गरेर सेयर बजारका लगानीकर्ताका लागि भने आलोचित नै भए । उनको कार्यकालमा सेयर बजारले ३२ सय अंकको उचाइ लिए पनि त्यसपछि गभर्नर अधिकारीले लिएको नीतिको कारण सेयर बजार सूचक घटेको लगानीकर्ता बताउँछन् ।
गभर्नर अधिकारीले आफ्नो कार्यकाल सकिने बेलामा भने सञ्चालकलाई सुविधा दिने निर्णय गरेका छन् । केही साता अगाडि भएको सञ्चालक समितिको बैठकले हरेक सञ्चालकलाई आइफोन १६(२५६) जीबीको मोबाइल किन्ने निर्णय गरेको थियो । स्रोतका अनुसार आइफोन १६ को २५६ जीबी फोनको मूल्य त्यो
बेला २ लाख ३२ हजार थियो ।

अहिले २ लाख २५ हजारमा पाइन्छ । सञ्चालकलाई आइफोन १६ किन्नका लागि २ लाख निकासा गर्ने निर्णय गभर्नर अधिकारी लिए ।
हरेक सञ्चालक समितिको बैठकमा गभर्नरसँग चर्काचर्की पर्ने भए पनि आइफोन १६ दिने निर्णय भने सञ्चालक समितिबाट सर्वसम्मत पारित भयो । जसअनुसार सञ्चालक समितिले अहिले आइफोन १६ बोकेका छन् ।
राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी छन् । यस्तै अर्थसचिव पदेन सञ्चालक समितिको सदस्य हुने व्यवस्था छ । सोअनुसार अहिलेका अर्थसचिव रामप्रसाद घिमिरे सञ्चालक छन् ।

राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरहरू पदेन सञ्चालक हुने व्यवस्था छ । सोअनुसार निलम ढुंगाना र
बमबहादुर मिश्र पनि सञ्चालक समितिका सदस्य हुन् । यसबाहेक ३ जना सदस्य सरकारले बाहिरबाट नियुक्त गर्छ । जसमा अहिले राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा चिन्तामणि शिवाकोटी, डा शंकरप्रसाद आचार्य र डा रवीन्द्रप्रसाद पाण्डे सञ्चालक छन् ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?