जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले १०.४०% लाभांश

माछापुच्छ्रे बैंकले १०.४०% लाभांश

माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा पारिश्रमिक, भत्ता तथा सुविधा भनेर २ करोड २३ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले नायब महाप्रबन्धक तथा प्रबन्धकका लागि १० करोड ७८ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंकले नाफाबाट कर्मचारीलाई वितरण गरेको बोनस पारिश्रमिकमा जोडेको छैन।

यद्यपि प्रमुख कार्यकारीका लागि भनेर भुक्तानी गरेको यो रकम अहिलेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पूरै बुझेका होइनन्। उनी गत आर्थिक वर्षको बैशाख १ गतेबाट मात्र प्रमुख कार्यकारी अधिकृत भएका हुन्।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत थिए। २ करोड २३ लाख रुपैयाँमध्ये अधिकांश शर्माले बुझेको पारिश्रमिक हो।

बैंकले गत वर्ष नाफाबाट बोनससहित कर्मचारीलाई एक अर्ब ५० करोड २९ लाख रुपैयाँ भुक्तानी गरेकोछ । बैंकले कार्यालय सञ्चालनका लागि वर्षभरीमा ८८ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ भने कुल ब्यवस्थापन खर्चमा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ। बैंकमा कुल ११ सय ९५ जना कर्मचारी छन्।

बैंकले प्रमुख कार्यकारीलगायत कर्मचारी खर्चको विवरण वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। बैंकले यो प्रतिवेदन आगामी पुस २ गते हुने वार्षिक साधारणसभामा प्रस्तुत गर्ने छ।

3615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?