जोडिनुहोस
सोमवार, चैत्र १७, २०८१
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको लाभांश क्षमता दोब्बरले बढ्यो

कामना सेवा विकास बैंकको लाभांश क्षमता दोब्बरले बढ्यो

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.५५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १७ करोड ४५ लाख रुपैयाँ थियो । दोस्रो त्रैमाससम्म बैंकले २१.४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको लाभांश क्षमता दोब्बरले बढेको छ ।


बैंकको सञ्चालन मुनाफा २६.७९ प्रतिशतले बढेर ४६ करोड ९१ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ३७ करोड रुपैयाँ थियो । ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९५ करोड ८८ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ रुपैयाँ रहेको बैंकको रिजर्भमा १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४१ करोड १२ लाख रुपैयाँ थियो ।


समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यसले बैंकको व्यापार आक्रामक रहेको देखाउँछ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ३.४२ प्रतिशत थियो ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७८ रुपैयाँ थियो । पीई रेसियो २३.५७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ ।

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका