जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनएलजीको मुनाफामा समान्य सुधार, कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड

एनएलजीको मुनाफामा समान्य सुधार, कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड

एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३.६१ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अधविमा १० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अधविमा १० करोड २९ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा पनि सामान्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा ४३ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ४२ करोड ७१ लाख रुपैयाँ थियो भने कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड नै थियो ।

कम्पनीको जारी बीमालेख संख्यामा १२ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा जम्मा एक लाख वटा पोलिसी जारी भएका छन् । गत वर्षको यहि अवधिमा जारी बीमालेखको संख्या एक लाख १४ हजार थियो ।

खुद दाबी भुक्तानी १.९० प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

एनएलजीको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड १६ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा एक अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ छ ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका