जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पुँजी कोष व्यवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिनुपर्छः सुरेन्द्र रेग्मी

पुँजी कोष व्यवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिनुपर्छः सुरेन्द्र रेग्मी

नेपाल बैकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरूको खराब कर्जा आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘औषतमा एनपीएल ४.४९ प्रतिशतमा छ यसबाट आत्तिहाल्नुपर्ने देखिँदैन ।’

उनले स्थानीय तहले आवश्यक समन्वयन नगरिदिँदा कर्जा असुलीका लागि लिलामी प्रकृयामा समेत समस्या देखिँदा बैंकहरूको गैरबैकिङ सम्पत्ति व्यवस्थापनमा चुनौति भोगिरहेको गुनासो समेत गरे ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रेग्मीले पुँजी कोष व्यवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिनुपर्ने बताए । ’अहिले पनि अन्तर्राष्ट्रिय बैंकहरूकोभन्दा हामीले २ देखि ३ प्रतिशत बढी पुँजी कोष अनुपात राखिरहेका छौं,’ रेग्मीले भने, ’अहिलेको जटिल अवस्थामा यसमा लचिलो भइदिनुपर्छ।’

उनले बैंकहरूको खराब कर्जा ४ प्रतिशत माथि भए पनि खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम भएकोले आत्तिन पर्ने अवस्था नरहेको पनि बताए । बैंकहरूबाट कर्जा लगानी बढ्न नसकिरहँदा पुस एक महिनामा मात्रै ९४ अर्ब रूपैयाँले कर्जा बढेको छ। तर, माघ पहिलो साता आइपुग्दा नै यस्तो रकम २० अर्बले घटेको छ ।

ब्याज रिकभर गर्ने चेकिङ एकाउन्टको रकम रिभल्भिङ लाइन अफ क्रेडिटको रूपमा राख्न सकिने व्यवस्थाले गर्दा पनि अन्तिम समयमा यस्तो कर्जा बढ्ने गरेको रेग्मीले बताए।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका