जोडिनुहोस
शनिबार, फाल्गुन ३, २०८१
शनिबार, फाल्गुन ३, २०८१
  • होमपेज
  • ६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिटेन्स

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिटेन्स

रेमिटेन्सको वृद्धिदर घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष ६ महिनामा रेमिटेन्स जम्मा ४.१ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब २३ अर्ब रुपैयाँ पुस महिनामा भित्रिएको हो।

साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब र मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्सको वृद्धिदर पोहोर ६ महिनामा १९.५ प्रतिशत थियो। यसपालि वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि रेमिटैन्सको वृद्धिदर भने घटेको हो। मंसिरमा रेमिटेन्स वृद्धिदर ४.४ प्रतिशत थियो।

यो वर्ष ६ महिनामा २ लाख ३० हजार ३९० जना अन्तिम श्रम स्वीकृति र १ लाख ६२ हजार ६२८ जना पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्। पोहोर ६ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ६ हजार र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३३ हजार थियो।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?