जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फोनलोनबाट निवेदनको केही मिनेटमै खातामा पैसा

फोनलोनबाट निवेदनको केही मिनेटमै खातामा पैसा

नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत एक सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्नेहरुमाझ आकर्षण बढिरहेको एफवान सफ्टले जनाएको छ।

हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् ।

फोन लोनबाट बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार मोबाइलबाट ऋण लिन सक्ने एफवान सफ्टले जानकारी दिएको छ । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ ।

हाल बैंकले यस्तो लोन दुई लाख रूपैयाँसम्म दिने गरेका छन् । बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ ।

यसका लागि बैंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् ।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

उनले भने-‘ एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्यौं । जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ ’।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका