जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • विकास बैंकहरुको इपीएसः पहिलो गरिमा विकास बैंक, दोस्रो कामना सेवा विकास बैंक, तेस्रो मुक्तिनाथ विकास बैंक सबैभन्दा कम लुम्बिनी विकास बैंक !

विकास बैंकहरुको इपीएसः पहिलो गरिमा विकास बैंक, दोस्रो कामना सेवा विकास बैंक, तेस्रो मुक्तिनाथ विकास बैंक सबैभन्दा कम लुम्बिनी विकास बैंक !

नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरुको इपीएसमा सबैभन्दा बलियो गरिमा विकास बैंकको देखिएको छ । दोस्रोमा कामना सेवा विकास बैंक छ भने तेस्रोमा मुक्तिनाथ विकास बैंक देखिन्छ । सबैभन्दा कम लुम्बिनी विकास बैंकको इपिएस छ भन्दा अब फरक पर्दैन ।

राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ८ विकास बैंक नाफामा रहेको अवस्थामा गरिमा विकास बैंकको सर्वाधिक प्रतिशेयर आम्दानी (ईपीएस) रहेको छ । बैंकको ईपीएस १९.३४ रुपैयाँ रहेको छ ।दोस्रो धेरै ईपीएस कामना सेवा विकास बैंकको रहेको छ । यो बैंकको ईपीएस १८.३७ रुपैयाँ रहेको छ । तेस्रोमा मुक्तिनाथ विकास बैंकको १४.२८ रुपैयाँ रहेको छ ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा गरिमा विकास बैंकको सबैभन्दा कम पीई रेसियो रहेको छ । पछिल्लो शेयरमूल्यलाई आधार मान्दा गरिमा विकास बैंकको पीई रेसियो २०.५८ गुणा रहेको छ । त्यस्तै दोस्रोमा कामना सेवा विकास बैंकको इपीएस रेसियो २४.७१ गुणा रहेको छ । यस्तै सबैभन्दा कम लुम्बिनी विकास बैंकको रहेको देखिन्छ ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका