जोडिनुहोस
शुक्रबार, चैत्र ७, २०८१
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • अनलाइन जुवा खेलाएको आरोपमा बुढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा बुढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंको बुढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ परेका छन् । गत राति बुढानीलकण्ठ नगरपालिका- ३ गैरीगाउँस्थित एक घरबाट उनीहरू पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न कम्पनीका मोबाइल ८८ थान, ल्यापटप १० थान र नगद ८१ हजार घरबाट बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अनलाइन जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घर भाडामा लिएर उनीहरूले लाइनमार्फत जुवा खेलाउने गर्दै आइरहेका थिए।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका