जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चिप अभावका कारण बैंक कार्डहरुको उत्पादनमा पर्‍यो असर

चिप अभावका कारण बैंक कार्डहरुको उत्पादनमा पर्‍यो असर

चिपको अभावका कारण विश्वभर डेबिट/क्रेडिट कार्डको आपूर्तिमा असर पर्ने देखिएको छ। चिप अभावका कारण विद्युतीय भुक्तानी प्रणालीमै गम्भीर असर पुग्ने चेतावनी स्मार्ट भुक्तानी संघले दिएको छ।

संघका अनुसार विश्वभर हरेक वर्ष तीन अर्बभन्दा बढी इएमभी (यूरो पे, मास्टरकार्ड र भिसा) मा आधारित भुक्तानी कार्ड उत्पादन हुने गरेको छ। बैंक खाता खोल्ने, कार्ड बिग्रिने वा हराउने तथा नवीकरण गर्दा वित्तीय संस्थाहरुले डेबिट वा क्रेडिट कार्ड दिने गरेका छन्।

कार्ड उत्पादकहरुले आवश्यकता अनुसार चिप नपाएपछि उत्पादनमै असर पर्ने चेतावनी दिएका छन्। कोरोना महामारीका कारण गत वर्षदेखि नै उत्पादकहरुले पर्याप्त चिप उत्पादन गर्न सकिरहेका छैनन्। उत्पादन पुन: सुचारु भएपनि ब्याकलग अधिक हुँदा उत्पादनमा चाप परिरहेको बताइएको छ।

विद्युतीय सामाग्रीहरुलाई चाहिने चिपको माग अत्यधिक बढ्दा उत्पादकहरुलाई उत्पादनमै हम्मेहम्मे परिरहेको छ। पछिल्लो महिना सेमिकन्डक्टर उद्योगहरुलाई चिप अभावका कारण कम्प्युटर, मोबाइल/ट्याब्लेट, गेमिङ कन्सोलसँगै अटोमोबाइल क्षेत्रमा यसको प्रत्यक्ष असर परिरहेको छ।

उत्पादकहरुले चिप अभावका कारण आफ्ना प्रडक्ट उत्पादनको मिति धकेल्दै लगेका छन्। सन् २०२२ भरिनै चिप अभावको समस्या समाधान हुने अवस्था नरहेको संघले जनाएको छ।

2705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका