जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल पे टाइमले राष्ट्र बैंकको निर्देशन टेरेन

नेपाल पे टाइमले राष्ट्र बैंकको निर्देशन टेरेन

नेपाल राष्ट्र बैंकले भुक्त्तानी प्रदायक कम्पनी नेपाल पे टाइम प्रालिको अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ।
संस्थागत सुशासन कमजोर रहेको जनाउँदै राष्ट्र बैंकले कम्पनीको लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको हो। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी कम्पनीको संस्थागत सुशासन कमजोर रहेको र निर्देशन कार्यान्वयन नगरेकाले नवीकरण नगरेको उल्लेख गरेको छ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको छ। कम्पनीको सेवा लामो समयदेखि बन्द छ। नेपाल पे टाइम प्रालिले २०७६ भदौ १९ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लिएको थियो।

राष्ट्र बैंकले कम्पनीको भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्न भनेको छ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्