जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले वृद्धि, कुनको कति ?

वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले वृद्धि, कुनको कति ?

वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत वर्ष ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो।

कुनको कति नाफा ?

नबिल बैंक

२१ मध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले पाँच अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । नबिलले गत वर्ष तीन अर्ब ३५ करोड नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको अन्तिममा एनबी बैंकलाई गाभेको थियो ।

कृषि विकास बैंक

वित्तीय विवरणानुसार कृषि विकास बैंकले चालु आर्थिक वर्षमा एक अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ९० करोड थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको नाफा गत वर्ष एक अर्ब ५८ करोड रहेकामा यो वर्ष एक अर्ब २३ करोडमा झरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत वर्ष एक अर्ब ५१ करोड नाफा गरेको थियो । यो वर्ष दुई अर्ब ४६ करोड नाफा गरेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले चार अर्ब ३५ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष तीन अर्ब ७२ करोड थियो । गएको पुसमा ग्लोबल र बैंक अफ काठमाडौं मर्ज भएका थिए ।

हिमालयन बैंक

हिमालयन बैंकले एक अर्ब ७३ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ३९ करोड थियो ।

कुमारी बैंक

कुमारी बैंकले गत वर्ष एक अर्ब ८० करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ३० करोड नाफा गरेको छ ।

लक्ष्मी बैंक

गत वर्ष चैतमा लक्ष्मी बैंकले ८५ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब २६ करोड नाफा गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत वर्ष एक अर्ब ५५ करोड नाफा गरेको थियो । अहिले एक अर्ब ३५ करोड नाफा गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले गत वर्ष दुई अर्ब १९ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ७८ करोडमा झरेको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले गत वर्ष तीन अर्ब ६० करोड नाफा गरेको थियो । यो वर्ष चार अर्ब एक करोड नाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ४७ करोड नाफामा थियो ।

एनएमबि बैंक

एनएमबि बैंकले दुई अर्ब ६८ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ६६ करोड नाफा गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले एक अर्ब ९५ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ७५ करोड नाफा गरेको थियो । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

प्राइम बैंक

प्राइम बैंकले दुई अर्ब ४६ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ७२ करोड नाफा गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५७ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष दुई अर्ब ६१ करोड थियो ।

सानिमा बैंक

सानिमा बैंकले एक अर्ब ७१ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ५९ करोड नाफा थियो ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले एक अर्ब ८० करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ३० करोड नाफा गरेको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको नाफा एक अर्ब ४९ करोड छ । गत वर्ष दुई अर्ब आठ करोड थियो ।

स्ट्यान्डर्ड चार्टर्ड

स्ट्यान्डर्ड चार्टर्डको नाफा दुई अर्ब ६१ करोड छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ६२ करोड थियो ।

सनराइज बैंक

सनराइज बैंकले एक अर्ब १७ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब २७ करोड नाफा गरेको थियो ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका