जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको सैद्दान्तिक स्वीकृति

ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको सैद्दान्तिक स्वीकृति

नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति दिएको छ । असोज २ गते बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिदै तीन महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने निर्देशन दिएको छ ।

ग्लोबल आइएमई र जनता बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता मौद्रिक नीति अगाडि गरेका छन् । बैंक सम्बन्ध स्रोतका अनुसार सम्पत्ति र दायित्व मूल्यांकन(डिडिए)को काम पनि सकिएको छ । शाखाहरु कति ठाउँमा जुधेका छन् । त्यसलाई मिलाउनुपर्ने काम पनि सकिएको जनाइएको छ । मर्जर सम्झौता गर्दा दुवै बैंकले असोज भित्रमा एकीकृत कारोबार थाल्ने बताएका थिए ।

तर, एकीकृत कारोबार मंसिर देखि सुरु हुने बैंक सम्बन्ध स्रोतले जानकारी दियो ।

6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका