

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक (FIEUN NRB) को नयाँ कार्यसमिति चयन भएको छ। संघको अभिन्न अंगका रूपमा रहँदै आएको केन्द्रीय समिति पुनर्गठन गर्दै निर्वाचन सम्पन्न गरिएको हो।
संघले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको हक, अधिकार, सेवा सुविधा तथा पेशागत सुरक्षाका लागि नीति निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
नयाँ कार्यसमितिमा अध्यक्ष पदमा हरिकृष्ण भट्टराई निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा तिलक बहादुर थिङ्ग, उपाध्यक्ष (प्रथम) मा दिनेश सुवेदी, उपाध्यक्ष (द्वितीय) मा ईश्वर गिरी, महासचिवमा सन्जिब बख्रेल, उप महासचिवमा अमर खत्री, सचिवमा आस्था सुवेदी, कोषाध्यक्षमा सुप्रिमा पौडेल र सह कोषाध्यक्षमा समिर अधिकारी चयन भएका छन्।
त्यसैगरी, सदस्यहरुमा दामोदर सापकोटा, टिकाराम ढकाल, सविता आचार्य, मनिष श्रीवास्तव, बसन्त जिसी, बिरजित रोकाया, सुमन थापा रहेका छन् भने महिला सदस्यहरुमा जुना श्रेष्ठ र लक्ष्मी लामिछाने रहेका छन्।
संघका अध्यक्ष हरिकृष्ण भट्टराईले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको श्रमिक अधिकारको रक्षा, सेवा सुरक्षाको प्रत्याभूति, तथा संघीय नीति निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघले विगतदेखि नै बैंक तथा वित्तीय संस्थामा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न विभिन्न आन्दोलन तथा छलफल गर्दै आएको छ। संघका नवनिर्वाचित सदस्यहरूले वित्तीय संस्थाहरूमा श्रमिकहरूका लागि थप सुविधासहितका नीतिहरू निर्माण गर्न सरकार र नियामक निकायसँग समन्वय गर्ने बताएका छन्।
संघले कर्मचारीहरूको तलब, भत्ता, सेवा सुविधा सुधार तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ। वित्तीय संस्थाका कर्मचारीहरूका लागि श्रम मैत्री नीति निर्माण गर्दै संघको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
संघको नयाँ कार्यसमितिले अबका दिनमा संघीय स्तरमा वित्तीय कर्मचारीहरूको हकहित संरक्षण तथा श्रमिकहरूको आर्थिक सुरक्षाका लागि ठोस नीति निर्माण गर्न पहल गर्ने बताएको छ।