जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम चैत ७ गते पनौती नपा–८ काभ्रेमा अवस्थित तेजगंगा बहुमुखि क्याम्पसमा सम्पन्न भएको हो । तेजगंगा बहुमुखि क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्रप्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका