जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश

शिखर इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश

शिखर इन्स्योरेन्स कम्पनी आजदेखि १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । कम्पनीको स्थापना २०६१ जेष्ठ १५ भएको थियो भने २०६१ साल कार्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि बीमा समितिबाट प्रमाणपत्र प्राप्त गरेको थियो । कम्पनीले बीमा समितिबाट कार्तिक २६ गते लाइसेन्स पाए पनि निर्जीवन बीमा व्यवसायको शुभारम्भ भने २०६१ मंसिर २ गतेदेखि गरेको  थियो ।

निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छोटो अवधिमै कम्पनीले आफुलाई पहिलो नम्बरमा ल्याउन सफल भएको थियो । विगत लामो समयदेखि शिखर निर्जीवन बीमा व्यवासयमा अग्रणी कम्पनीको रुपमा स्थापित भइसकेको छ । नेपालको १५ औं  निर्जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीले थापाथलीमा तीन रोपनी १० आनाको जग्गामा आफ्नै केन्द्रिय कार्यालय  भवन निर्माण गर्न सफल भएको छ ।

बीमा शुल्क आर्जन, चुक्ता पूँजी तथा बीमितलाई दिएको प्रतिफलका आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । सुरुवाति दिन देखिनै आक्रामक रुपमा अगाडी बढेको यस कम्पनीको बीमा कोषमा एक अर्ब ३६ करोड रुपैयाँ जम्मा भइसकेको छ । चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ । जवकी कम्पनीको सुरुवाति चुक्ता पूँजी १० करोड रुपैयाँ मात्रै थियो । यस अवधिमा कम्पनीले दुई पटक हकप्रद निष्काशन गर्यो भने बाँकी पूँजी बोनश शेयर मार्फत बढाएको हो । कम्पनीले उपत्यका भित्र १६ र उपत्यका बाहिर ७६ सहित ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा १० वर्ष सेवा अवधि पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसै अवधिमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेको कम्पनीको सूचना अधिकारी सविता मास्केले जानकारी दिइन् ।  कर्मचारीहरुका लागि दिवा भोज गरेको कम्पनीले आज साँझ उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा सञ्चालकहरुको सहभागितामा केक काटेर वार्षिकोत्सवक सम्पन्न गर्ने  योजना बनाएको छ ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका