

सुदुरपश्चिम प्रदेशको भिमदत्त नगरपालिका -१०, सुकासाल कञ्चनपुरमा रहेको महेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग प्रदान गरेको छ ।
पठनपाठनमा अभिवृद्धि गराउनको लागि सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत प्रोजेक्टर सहयोग गरिएको हो । उक्त विद्यालयमा न्युन परिवारिक आय भएका विद्यार्थीहरु अध्ययनरत रहेको र सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख शंकरप्रसाद जोशीले बताए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विश्वकै प्रतिष्ठित अवार्ड “बैक अफ द ईयर २०२४“ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७५ वटा शाखारहित बैंकिग इकाईहरुबाट १८ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।