जोडिनुहोस
शुक्रबार, चैत्र ७, २०८१
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • तरलता खिचेको खिचै राष्ट्र बैंक

तरलता खिचेको खिचै राष्ट्र बैंक

बैंक वित्तीय क्षेत्रमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई व्यवस्थापन गर्न सकस भएको छ । राष्ट्र बैंकले बैंकहरूको प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै छ । बुधबार मात्रै राष्ट्र बैंकले बैंकवित्तीय संस्थाबाट २५ खर्ब खिचेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा मात्रै राष्ट्र बैंकले १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ ।

यो अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ०९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो। २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधा उपयोग भएको उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद २७ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड रुपैयाँ खुद खरिद गरी ४ खर्ब २४ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो।

माघसम्मको अवधिमा अमेरिकी डलर २ अर्ब २४ करोड रुपैयाँ बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड रुपैयाँ बिक्री गरी २ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

आर्थिक वर्ष २०८१÷८२ को ७ महिनामा वाणिज्य बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो।

राष्ट्र बैंकको तरलता खिच्ने नीतिले अर्थतन्त्र गतिशिल बन्दैनः पूर्वगभर्नर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति नभएको बताउँछन् । उनले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए । उनले त्यसलाई सहजीकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउन नसक्ने बताए ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका